‘गाउँ आएको बाटो’ दोस्रो साता लाग्दा ‘लण्डन टु पेरिस’ एक सातामै हलबाट हट्यो
काठमाडौं । साम्राज्ञी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘लण्डन टु पेरिस’ एक सातामै हलबाट हटेको छ । कमजोर व्यापारपछि मल्टिप्लेक्स चेनहरुले दोस्रो शुक्रबारदेखि फिल्मको शो हटाएका छन् । सन्तोषजनक शो पाएको फिल्मले दर्शकलाई हलसम्म तान्न सकेन । साम्राज्ञीको फिल्म करिअरमा ‘ह्यारीकी प्यारी’पछि ‘लण्डन टु पेरिस’को यो नतिजा स्तब्ध पार्ने अर्को घटना हो । कम्तीमा उनको […]
गण्डकी प्रदेशका मन्त्री देवकोटा नियुक्त भएको तीन दिनमै पदमुक्त
लेखनाथ, जेठ ३२ गते । गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएको तीन दिनमै पदमुक्त हुनुभएको छ । नेकपा (माओवादी) केन्द्र संसदीय दलले देवकोटालाई कारवाही गरेको पत्र शुक्रबारको प्रदेश सभाको बैठकमा सभामुख कृष्ण धितालले पढेर सुनाउनु भएपछि उहाँ पदमुक्त हुनुभएको हो । माओवादी केन्द्रको संसदीय दलले देवकोटालाई निष्काशन गरिएको पत्र प्रदेशसभा सचिवालयमा […]
लुम्बिनीका मुख्यमन्त्री र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीबीच भेटवार्ता भएको छ ।मुख्यमन्त्री कार्यालय दाङ देउखुरीमा भएको भेटवार्तामा मुख्यमन्त्री महराले संयुक्त राष्ट्रसंघले नेपालमा गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताए । नेपालको शान्ति प्रकृयामा अनमिनले महत्वपूर्ण भूमिका खेलेको भन्दै महराले दिगो विकासमा संयुक्त राष्ट्रसंघले गरेका कार्यक्रमहरू सन्तोषजनक रहेको जानकारी बताएका थिए […]
बबईको गँगटेमा अस्थायी प्रहरी पोष्ट स्थापना
दाङ । बबई गाउँपालिकाको बिकट बस्ती गँगटेमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गँगटेमा औपचारिक कार्यक्रमको आयोजना गरेर अस्थायी प्रहरी पोष्टको आज उद्घाटन गरिएको हो । बबई गाउँपालिका वडा नम्बर १ लाई लक्षित गरेर अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले जानकारी दिनुभयो । विपद्, मुचुल्का तथा सर्जमिन गर्नका […]
मजदुर मृत्युको घटनाले कावासोती तनावग्रस्त
नवलपुर । नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिकामा नाला निर्माणको क्रममा पुरिएर मजदुरको मृत्यु भएको घटनालाई लिएर कावासोती तनावग्रस्त बनेको छ । ठूलो सङ्ख्यामा आएका स्थानीयले नगरप्रमुख विष्णु भुसालको घर घेराउ गर्दै तोडफोड गरेका छन् । स्थानीयले कावासोती नगरपालिका कार्यालयमा समेत तोडफोड गरेका छन् । स्थानीयलाई रोक्ने क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । प्रदर्शनकारी […]
सहकारीमन्त्री अधिकारीले सार्वजनिक गरे १०१ बुँदे उपलब्धि र १६ बुँदे कार्य योजना (पूर्णपाठ)
काठमाडौं । भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मन्त्रालय सम्हालेको सय दिनको उपलब्धिसँगै आगामी कार्य योजना सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले मन्त्रालय सम्हालेको सय दिनमा भए गरेका १०१ बुँदे उपलब्धिसँगै आगामी दिनमा गर्ने १६ बुँदे कार्य योजना पनि सार्वजनिक गरेका हुन् । जसमा भूमि व्यवस्थापनतर्फ ६१ बुँदे, सहकारीतर्फ […]
लुम्बिनी प्रादेशिक अस्पताल: असार १ देखि अनलाइन टिकेट सेवा
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् । यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको मोवाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेवसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् । उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी […]
ताप्लेजुङ पहिरो: ४ जनाको मृत्यु, २ जना घाइते
ताप्लेजुङ । बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिम टिन्जामा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छीआमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो । मृत्यु हुनेमा ७० वर्षीय रामबहादुर साम्रा, उनकी ४८ वर्षीय श्रीमती जसमाया लिम्बू […]
चितवनमा दुईवटा सवारी एकापसमा ठोक्किए: २० जना घाइते, ५ को अवस्था गम्भीर
धादिङ, जेठ ३२ गते । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा […]