भ्रष्टाचारी जोगाउन मेरो नेतृत्वको सरकार मध्यरातमा ढालियो : प्रचण्ड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन्।

बुधबार जनतासँग माओवादी तराई मधेश जागरण अभियानको कञ्चनपुर महेन्द्रनगरमा समापन गर्दै प्रचण्डले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताए। ‘हाम्रो नेतृत्वमा सरकारले एक पछि अर्को सुशासनका क्षेत्रमा सकारात्मक काम गर्दै गएपछि यो बिचौलिया, दलाल र नोकरशाहलाई पचेन, ‘उनले भने, ‘त्यही भएर रातको अँध्यारोमा सरकार ढालियो, अहिलेको सरकार भ्रष्टाचार बचाउन लागेको छ।’

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले उत्तरमा चीनसँग जोड्ने नाका विस्तारदेखि भारत, बंगलादेशबिच विद्युत् व्यापार सम्झौता अघि बढाएको बताए।

अहिलेको सरकार शिक्षकमाथि दमन गर्न उद्यत रहेको बताए। ‘सरकारले आन्दोलनरथ शिक्षकका माग पूरा गर्नुको साटो दमनमा उत्रिएको छ, ‘उनले भने, ‘आफैँले ल्याएको विधेयक आफूले नै सदनमा सार्वजनिक प्रस्ताव दर्ता गरेपछि वार्ताको वातावरण भएको छ।’

गत फागुनदेखि माओवादीले सुरुवात गरेको अभियान माओवादीको मात्रै नरहेको बताउँदै प्रचण्डले राष्ट्रिय अभियान नै भएको दाबी गरेका छन्। अभियानका क्रममा किसान, मजदुर, सहिददेखिका आमसर्वसाधारणसँग प्रत्यक्ष संवाद गरेको बताए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *