जनहित अनलाइन, कपिलवस्तु । समयको मागलाई मध्यनजर गर्दै कपिलवस्तुको तौलिहवामा भाषा अध्यन लगायत विभिन्न शैक्षिक कक्षाहरु सञ्चालन गर्ने उद्देश्यले एक्सीलेन्ट कोचिङ्ग कालासेज एण्ड फोरन लेङ्ग्वेज लर्निङ्ग सेन्टर सञ्चालनमा आएको छ । विशेष गरि जापनीज र कोरियन भाषलाई प्राथमिकता दिएपनि सेन्टरमा अन्य शैक्षिक कक्षाहरु समेत सञ्चालन गर्ने सेन्टरका प्रमुख कला मुद्धिन खानले बताउनुभयो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ को पुरानो हाटबजार नजिक सञ्चालन गरिएको उक्त सेन्टरमा विद्यालय तहका ट्युसन कक्षा देखि अन्य लोकसेवा आयोगका कक्षाहरु समेत सञ्चालन गरिने प्रमुख खानले बताउनुभयो ।
सेन्टरको रिबन काटेर उद्घाटन गर्दै मायादेवी गाउँपालिका वडा नम्बर १ का वडा सदस्य अब्दुल रहमान खानले सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै सेन्टरकी म्यानेजर डिरेक्टर पुष्पा भुषालले विद्यार्थीहरुको रोजाइलाई मध्यनजर गर्दै लर्निङ्ग सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो ।




