भारतमा मोटरसाइकल दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कञ्चनपुर । भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लामा पर्ने नानकमत्तामा भएको मोटरसाइकल दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका(३ का २४ वर्षीय सागर परियार र भीमदत्त नगरपालिका(१८ का १८ वर्षीय निखिल जैरु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार नेपाली नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरूको आइतबार कारसँग ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकल नम्बर भने खुलेको छैन । उनीहरूको पोष्टमार्टम गरेर शव आफन्तले ल्याइसकेका छन् ।

दुर्घटनामा परी घाइते भएका एक जना उपचारपछि निको भएर घर फर्किएको डीएसपी जोशीले बताए । घाइतेको नाम नखुलेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *