ब्राईट लुम्बिनीद्धारा वृज कोर्षका विद्यार्थीका लागि हाजिरीजवाफ सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) को आयोजनामा १२ औं वृज कोर्ष अध्ययनरत विद्यार्थीका लागि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । विद्यार्थीहरुको विषयगतसंगै सामान्य ज्ञान, साहित्यिक, भुगोल, राजनीतिसंगै हरेक क्षेत्रको ज्ञान दिने उद्देश्यले उक्त वृहत हाजिरीजवाफ प्रतियोगिता गरिएको हो ।

७ समुहमा विभाजन गरि संचालन गरिएको प्रतियोगितामा हिउचुली समुह प्रथम, लालिगुँरास समुह द्धितीय र धौलागिरी समुह तृतीय हुन सफल भएका छन् । उत्कृष्ट समुहका विद्यार्थीहरुलाई मेडल, प्रमाण पत्र, खादा सहित नगद पुरस्कार प्रदान गरिएको संस्थाका प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्रीले जानकारी दिनुभयो ।

अध्ययनसंगै यस्ता बौद्धिक क्षमता विकास गर्ने खालाका कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन विद्यार्थीहरुले अनुरोध गरेका थिए ।

कार्यक्रममा विजेता समुहलाई पुरस्कार प्रदान गर्दै संस्थाका प्रबन्ध निर्देशक असीम कंडेल क्षेत्रीले बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विगतमा यस्ता कार्यक्रम गर्दै आएको र यी कार्यक्रमबाट विद्यार्थीहरुले थप शिक्षा सिक्न सक्ने अवसर पाउने बताउनुभयो ।

कार्यक्रममा जापनीज भाषा प्रशिक्षक संयोजक सुमन थापा, कोरियन भाषा प्रशिक्षक संयोजक महेश आचार्य, गणेश खनाल, माधव खनाल, जापनीज भाषा प्रशिक्षक सम्झना क्षेत्री, लेखापाल सपना पौडेल, सहायक डकुमेन्ट नमुना ढकाल लगायतले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रम पत्रकार हरि आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *