ब्राइट लुम्बिनीको ११ औँ वार्षिक उत्सव अनाथ बालबालिका सङ्ग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, किपलवस्तु । प्रदेशमै उत्कृष्ट पहिचान बनाउन सफल भएको ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनले कपिलवस्तु बाल गृहका बालबालिका सङ्ग आफ्नो ११ औँ वार्षिक उत्सव मनाएको छ । सेन्टरका प्रमुख अशिम कडेल क्षेत्री सङ्गै कर्मचारी र विद्यार्थीहरुले बाल गृहमा खाद्य सामाग्री, फलफुल वितरण गरेर वार्षिक उत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै सेन्टरका प्रमुख क्षेत्रीले आफुहरु उच्च शिक्षाको लागि विदेशमा जाने विद्यार्थीको सहयात्री मात्र नभएर अनाथ बालबालिकाको पनि सहयोगी बन्न खोजेको बताउनुभयो । विगतमा पनि यस्ता सामाजिक कार्यमा सक्रिय रहेको भन्दै आगमी दिनमा पनि यस्ता कार्यलाई सेन्टरले प्राथमिकतामा राख्ने बताउनुभयो ।

May be an image of 14 people, hospital and text

खाद्यन्न तथा फलफुल ग्रहण पछि बालबालिका तथा बाल गृह प्रशासनले सेन्टरलाई धन्यवाद दिदै यस्ता उत्सवका कार्यमा सबैले यसरी सहयोग गरे अनाथ बालबालिकाको लागि धेरै ठुलो सहयोग हुने बताएका थिए ।

लुम्बिनी लर्नीङ्ग को नाम बाट समेत परिचित सेन्टरमा विशेष गरि कोरियन तथा जापानी भाषाका पढाइ हुने गरेका छन । विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै केहि समयपछि होस्टेलको समेत व्यवस्थापन गर्ने प्रमुख क्षेत्रीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

May be an image of 10 people and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *