ब्राइट लुम्बिनीको ११ औँ वार्षिक उत्सव अनाथ बालबालिका सङ्ग

जनहित अनलाइन, किपलवस्तु । प्रदेशमै उत्कृष्ट पहिचान बनाउन सफल भएको ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनले कपिलवस्तु बाल गृहका बालबालिका सङ्ग आफ्नो ११ औँ वार्षिक उत्सव मनाएको छ । सेन्टरका प्रमुख अशिम कडेल क्षेत्री सङ्गै कर्मचारी र विद्यार्थीहरुले बाल गृहमा खाद्य सामाग्री, फलफुल वितरण गरेर वार्षिक उत्सव मनाएको हो । कार्यक्रममा बोल्दै सेन्टरका प्रमुख क्षेत्रीले आफुहरु उच्च […]

‘हरेक विद्यालयमा स्काउट कार्यक्रम गर्न आवश्यक’

चेतन विष्ट, कपिलवस्तु । नेपाल स्काउट राष्ट्रिय शुसासन स्रोत तथा वित्त आयुक्त गुणखर गैरेले स्काउट शैक्षिक कार्यक्रम रहेको भन्दै स्काउटको कार्यक्रमलाई हरेक विद्यालयमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ । हामीले सोचेजस्तो देशभक्त, नैतिकवान र सकारात्मक नागरिक तयार पार्न स्काउटले सहयोग गर्ने भएकाले विद्यालयमा स्काउट कार्यक्रमको आवश्यक्ता रहेको उहाँले बताउनुभयो । स्थानीय स्काउट समिति संरक्षक, […]

लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित

बुटवल ।  लुम्बिनी प्रदेश सरकारको बजेट  पारित भएको छ । प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको  बजेट आज  प्रदेशसभामा बहुमतले पारित भएको हो ।  प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरेका छन् । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेशसभा नियमावली २०७९ को […]

लमजुङ बगुम पहिरो: बेपत्ता चारैजनाको शव भेटियो

लमजुङ  । लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुममा मंगलबार राति पहिरोले घर बगाउँदै हराइरहेका एकै परिवारका ४ जनाको शव भेटिएको छ । गएराति १२–१ बजेतिर गएको पहिरोले ३ वटा घर बगाएको र २ घरका ४ जना बेपत्ता भएका थिए । स्थानीय, प्रहरी र जनप्रतिनिधिले खोजतलास गरेकोमा बुधबार दिउँसो चारैजनाको शव फेला परेको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद […]

वर्षाका कारण भैरहवा विमानस्थलको सेवा प्रभावित, बुटवलका विभिन्न ठाउँ जलमग्न

बुटवल । बुधबार बिहानदेखि परेको वर्षाका कारण रुपन्देहीका विभिन्न ठाउँ जलमग्न भएका छन् । अविरल वर्षाले गौतमबुद्ध विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ भने बुटवलका विभिन्न ठाउँ जलमग्न भएका छन् । वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएका हुन् । पानी बग्ने सहज निकास नहुँदा यी ठाउँहरू जलमग्न भएको स्थानीयले […]

विराटनगरका ५०० बढी घर डुबानमा

विराटनगर । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए । खोलाको बाढी विराटनगर महानगरपालिका-६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी […]

चट्याङ लागेर रोल्पामा नन्द भाउजूको मृत्यु

रूपन्देही । रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ।जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको मृत्यु भएको हो। मृतकहरू नाताले नन्द-भाउजू हुन्। मंगलबार १ बजेतिर उनीहरूलाई चट्याङले हानेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी)भरत […]

दाङ प्रहरीद्वारा १३ किलो अफिम सहित तीनजना पक्राउ

दाङ । दाङ प्रहरीले १३ किलो अफिम सहित तीनजनालाई पक्राउ गरेको छ । तुलसीपुर ८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई आफन्तको घरबाट गएराति पक्राउ गरिएको हो । इप्रका तुलसीपुरका डीएसपी ठाकुर पोखरेलका अनुसार प्रहरी निरीक्षक प्रकाश थापासहित जिप्रका दाङको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । […]

पहिरोमा परी कास्कीमा २ जना बालबालिकाको मृत्यु, एकजना घाइते

काठमाडौं । मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० […]

कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उहाँहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो । मृत्यु हुनेमा यशोधरा गाउँपालिका –६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका –१० धनकौलीका १७ वर्षको राजु ठाकुर […]