चेतन विष्ट, कपिलवस्तु । लामखुट्टेको टोकाइबाट बचाउनको लागि बैजलपुर जनकल्याण सामुदायिक वनले जेष्ठ नागरिकहरुलाई झुल वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम अन्तर्गत वन उपभोक्ता समुह भित्रका १३५ बढी जेष्ठ नागरिकहरूलाई झुल वितरण गरिएको वन उपभोक्त समुहका अध्यक्ष सत्यनारायण चौधरीले बताउनुभयो ।
गर्मी मौसम सङ्गै लामखुट्टेको टोकाइबाट लाग्न सक्ने सम्भावित रोगहरुको जोखिमलाई कम गर्नको लागि झुल वितरण गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । जेष्ठ नागरिकहरुमा प्रतिरक्षात्मक क्षमता कम हुने भएकाले रोग लाग्नै नदिनको लागि यस्तो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।


त्यस्तै लेखा समिति सदस्य नहकुल साहिले वनले वृद्धवृद्धाहरुको सम्मानको लागि पनि वनले यस्तो कार्य गरेको बताउनुभयो । वनको आम्दानीलाई आफुहरुले सहि सदुपयोग गर्ने यो पनि एक उदाहरण रहेको उहाँले बताउनुभाये ।
जेष्ठ नागरिकहरुले झुल प्राप्त गरिसकेपछि खुसी व्यक्त गर्दै वनको प्रशंसा गरेका थिए ।
समुहका अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्षता, लेखा समिति संयोजक नहकुल साहिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव यसोदा पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा वनका पदाधिकारी, वृद्धवृद्धा, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिती रहेको थियो ।





