बुद्धभुमी नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ ।नगरपालिकाको सभाहलमा भएको नगरसभाले विभिन्न प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो । नगरसभामा नगरपालिकाकी उप प्रमुख मिरा थारुले हाल सम्मको न्यायिक समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

 

त्यस्तै सभामा बिधेयक समितिका संयोजक सन्दीप कुमार पाण्डेयले खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८२ र आर्थिक कार्यविधि र बित्तिय उत्तरदायित्व सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८२ प्रस्तुत गरेका थिए ।

साथै सो अवसरमा बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने योजनाहरुको संशोधन तथा रकमान्तरका शिर्षक र बजेट प्रस्तुत गरेका थिए । सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले बोल्दै नगरपालिकाको दिर्घकालिन बिकासलाई प्राथमिकतामा राख्दै काम गरेको बताउदै नगरका योजनामा गुणस्तरीयता र पारर्दशिता हुनु पर्नेमा जोड दिएका थिए ।

 

सभाले बिद्येयक तथा प्रसितवेदन सर्वसम्मतले पारित समेत गरेका थिए । सभामा प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई, वडाध्यक्षहरु, कार्यपालिका सदस्य , वडासदस्य, कर्मचारी, पत्रकार, सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *