जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमिमा बस र पिकअप भ्यान एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । बुद्धभुमी ९ झडुला मन्दिर नजिकै बिहान करिब ५ बजे भएको दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मृत्यु हुनेमा तरकारी बोक्ने पिकअप भ्यानका चालक रहेका छन । काठमाडौबाट धनगढी जाँदै गरेको बस र पिकअप भ्यान एक आपसमा ठोक्किएका हुन ।
घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ । दुर्घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

