बाणगङ्गा ११ मा सार्वजनिक सुनुवाइ सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ११ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा भए गरेका कार्यक्रमहरुको प्रगति विवरणलाई वडावासी माझ पुर्याउने उद्देश्यले सार्वजनिक सुनुवाइ गरिएको वडा अध्यक्ष नरेन्द्र प्रसाद थारुले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ मा वडा भित्र भएको कामहरुको प्रगति प्रस्तुत गर्दै उहाँले वडावासी सन्तुष्ट हुनेगरि काम गर्न वडा परिवार लागिरहेको बताउनुभयो । त्यस्तै सहभागी बाट उठेका प्रश्नहरूको सम्बोधन गर्दै वडा अध्यक्ष थारुले बजेट अभावले स्थानीयको चाहाना बमोजिम काम गर्न नसकेको स्विकार गर्नुभयो । आफुले सम्पुर्ण क्षेत्रलाई उत्तिकै प्राथमिकता दिएर काम गरिरहेको पनि उहाँले बताउनुभएको छ ।

No description available.

त्यस्तै वडा सचिव असोक कुमार चौधरीले पञ्जिकरण तथा सामाजिक सुरक्षाको अवस्थाको बारेमा जानकारी दिदै सो विषयमा उठेका जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो ।

No description available.

त्यस्तै सहभागीहरुले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, तटबन्ध, बाटोघाटो तथा भौतिक पुर्वाधार लगायतका क्षेत्रहरुका समस्यालाई जोडदार रुपमा उठान गरेका थिए । उनीहरुले विशेषगरि कृषि सामाग्री वितरणमा असमानता रहेको गुनासो गरेका थिए ।

वडा सदस्यहरु, रेडियो हर्टविटका स्टेशन म्यानेजर अशोक पौडेल लगायतको उपस्थित रहेको कार्यक्रम वडा सदस्य इमकला जि.सी. को स्वागत तथा हर्टविटका समाचार प्रमुख चेतन विष्टको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम वडा नम्बर ११ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.ली. द्वारा सञ्चालित रेडियो हर्टविटको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

No description available.

No description available.

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *