जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले शल्यक्रिया सहितको २ दिने निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले छन्द कालेबाबु नारायणी आँखा अस्पताल सँगको सहकार्यमा बाणगङ्गाको पिपरा शिविर सञ्चालन गर्न लागेको हो ।
यही चैत्र ६ र ७ गते शिविर सञ्चालन गर्न लागिएको हो । जसमा वडा न. १, २, ३, ४, १० र ११ का नागरीकको ६ गते मंगलबार चेकजाँच गरिने छ, भने वडा न. ५, ६, ७, ८ र ९ को ७ गते बुधवार जाँच गरिने पालिकाले जनाएको छ ।
आर्थिक अवस्था लगायत विभिन्न कारण बाट आँखाको उपचार गर्न नसकेका नगरवासीहरुलाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको नगर प्रमुख चक्रपाणी अर्यालले बताउनुभयो । निशुल्क शिविरको भरपुर फाईदा उठाउन उहाँले आग्रह गर्नुभयो ।

