बाणगंगा अटो ट्रेडर्समा दशैँको अवसरमा आकर्षक छुट र अफरहरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा अटो ट्रेडर्सले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा विभिन्न अफर तथा डिसकाउन्टहरु सार्वजनिक गरेको छ । बाणगंगा १ वैरियामा रहेको बाणगंगा अटो ट्रेडर्स टिभिएसले चाडपर्वको अवसरमा मोटरसाइकल खरिदमा ९ हजार र स्कुटर खरिदमा ७ हजार डिसकाउन्ट सहितका विभिन्न अफरहरु सार्वजनिक गरेको हो ।

बाणगंगा अटो ट्रेडर्सका सञ्चालक मनोज पौडेलका अनुसार टिभिएसले यस वर्षको दशैँ लगायतका चाडपर्वको अवसरमा भाग्यसाली ग्राहकहरुका लागि १ लाख सम्म नगद, १ हजार जनालाई भाटभटेनीमा ८ हजार सम्मको शपिङ जस्ता आकर्षक उपहारहरु सार्वजनिक गरेको छ । त्यस्तै टिभिएसले चाडपर्व बाहेक अन्य समयको लागि मोटरसाइकल तथा स्कुटर एक्सचेन्जमा १० हजार सम्मको एक्स्ट्रा भ्यालुएसन, फ्रि एसेसरीमा हेल्मेट, रोड ट्याक्स, लाइफ टाइम इन्जिन वारेन्टी, ६ वटा फ्रि सर्भिस लगायतका सुविधा प्रदान गरेको सञ्चालनक पौडेलले बताउनुभयो ।

त्यस्तै अर्का सञ्चालनक मोहन न्यौपानेले विक्री मात्र नभएर विक्री पश्चात ग्राहकलाई उत्कृष्ट सेवा दिने लक्ष्य विगतदेखि नै रहदैं आएको बताउनुभयो । माईलेज, स्मार्ट कनेक्सन, किफायती र पाटपुर्जा सहजै उपलब्ध हुने भएकाले पछिल्लो समय टिभिएस ग्राहकको पहिलो रोजाईमा पर्दै आएको उहाँले दाबी समेत गर्नुभयो ।

हाल टिभिएसका न्युनतम    २ लाख ४६ हजार देखि ८ लाख सम्मका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु बजारमा उपलब्ध छन् । बाणगंगा १ बैरियामा रहेको बाणगंगा अटो ट्रेडर्स पछिल्लो समय कपिलवस्तुसहित छिमेकी जिल्लाका ग्राहकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *