चेतन विष्ट, कपिलवस्तु । स्वरोजगार सृजना गर्दै आर्थिक उन्नति गर्ने उद्देश्यले कपिलवस्तुको बाणगङ्गामा सञ्चालित ७ दिने उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौको आयोजना तथा कपिलवस्तु उद्योग बाणिज्य संघको सह–आयोजनामा सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो ।


कार्यक्रममको समापन सत्रलाई सम्बोधन गर्दै बाणगङ्गा नगरापालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले देशमा केहि छैन भनेर विदेसिने प्रचलन बढेको भन्दै त्यसलाई रोक्न उद्यमशिलताको विकास आवश्यक रहेको बताउनुभयो । बाणगंगा नगरपालिकाले समेत उद्यमशिलताको लागि करडौ खर्चेको भन्दै सिकेको सिपलाई व्यवहारमा लागु नगरे तालिमको औचित्य नरहने तर्क गर्नुभयो । नगरलाई आथिक समृद्धि तर्फ लैजान पालिकाले हरेक क्षेत्रमा योजना तथा कार्यक्रम बाडफाड गरेको समेत उहाँले जानकारी गराउनुभयो ।


त्यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले नयाँ उद्यमीको लागि कसरी व्यवसाय गर्न सकिन्छ भन्ने उद्धेश्यले तालिमको आयोनजा गरेको बताउनु भयो । बाणगंगा सङ्गै सिङ्गो जिल्लालाई आर्थिक रुपमा सबल बनाउन उद्योग बाणिज्य संघ लागिरहेको बताउदै आगमी दिनमा स्थानिय सरकार सङ्ग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।


त्यस्तै उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य तथा कपिलवस्तु उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष देवि प्रसाद पाण्डेले सिपलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।


त्यस्तै लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौका शाखा अधिकृत चञ्चल कुमार दखड्काले देशमा चरम आर्थिक मन्दी लागेको समयमा उद्यमशिलताको विकास गदै आर्थिक पाटोलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।


संघका उपाध्यक्ष तथा संयोजक मिना पौडेले, पुर्व अध्यक्ष यज्ञ प्रसाद भट्टराई, निर्वतवान अध्यक्ष डोलकराम घिमिरे लगायतले बोल्दै यस्ता तालिमले महिलाहरुको क्षमता वृद्धि गर्दै आर्थिक उन्नतिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सहभागिहरु बाट रन बहादुर क्षेत्रि र कमला खनालले तालिमा आफुहरुलाई आवश्यक परेको सिप सिक्न पाएको भन्दै उक्त सिपलाई व्यवहारमा लागु गर्ने बताउनुभयो ।
गत २२ गतेदेखि सञ्चालन भएको तालिममा यस क्षेत्रका ३५ भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष हुमनाथ पौडेलको स्वागत तथा महासचिव नवदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा आयोजक र सह आयोजक संस्थाका प्रतिनिधि, प्रशिक्षार्थी लगायतको उपस्थिती रहेको थियो ।











