बागलुङ दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बागलुङ दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ।

सोमबार बिहान जैमिनी नगरपालिका(७ मा सदरमुकाम बागलुङ बजार जाँदै गरेको भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। पाँचै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

ग २ च ९२४७ नम्बरको पिकअप भ्यान सडकदेखि एक सय मिटर तल खसेको थियो।

बागलुङ जैमिनी(८ केवई बस्ने ३८ वर्षीय चालक महेन्द्र पुन, २० वर्षीया रश्मी श्रीष, ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीषको मृत्यु भएको हो।

दुर्घटनामा केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते छन्।

उनको शरीरको विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *