नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित बस नियन्त्रणमा लिएको छ। नेपालगन्ज भन्सारदेखि कोहलपुरसम्म चल्ने बागेश्वरी यातायात प्रालिको भे १ ख ३१४९ नम्बरको बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बसमा एसी दुई थान, कुर्ता सुरुवाल ४८ पिस, रोल कपडा ३० रोल राखिएको थियो।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले वीपीचोकबाट भन्सार छलीका सामानसहित बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाएको जानकारी दिए।
भन्सारदेखि कोहलपुर चल्ने बस, म्याजिकमा भन्सार छलेर ल्याएका सामान लैजाने गरेको गुनासो आउने गर्दछ। प्रहरीले ठाउँठाउँमा त्यस्ता बस र म्याजिकलाई जाँच गर्ने गर्दछ।
भन्सारदेखि कोहलपुरसम्म जादा आधा दर्जन ठाउँमा प्रहरीको चेकप्वाइन्ट परेपनि कारोबारीले सामान लगिरहने जानकारहरु बताउँछन्। वीपीचोकमा सामान समात्नु अघि भन्सार, सीमा प्रहरी कार्यालय, ट्राफिकचोक र गणेशमानचोकको डिउटीलाई पार गरेर आउनुपर्छ।

