बहराइचमा हुन लागेको निर्वाचनको लागि जमुनाह नाका तीन दिन सिल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालगन्ज । भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा हुने लोकसभा निर्वाचनलाई लक्षित गरी बाँकेको नेपालगन्जस्थित जमुनाहा नाका तीन दिन बन्द (सिल) हुने भएको छ ।

भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा वैशाख ३१ गते हुने लोकसभा निर्वाचनलाई लक्षित गरी शुक्रबार राति १० बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म जमुनाहा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

सहायक प्रमख जिल्ला अधिकारी लालबहादुर गुरुङले एक सूचना जारी गर्दै चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नाका बन्द गरिएको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *