क्रिकेटर लामिछानेलाई विश्वकपमा पठाउनु पर्ने बाणगंगाका युवाहरुको माग
जनहित अनलाइ, कपिलवस्तु । क्रिकेटर सन्दिप लामिछानेको लागि न्यायको माग गर्दै कपिलवस्तुको बाणगंगाका युवाहरु सडकमा उत्रिएका छन । आज शनिवार सामाजिक अभियान्ता डाक्टर निकोलस भुसाल सहित बाणगंगाका युवाहरुले पिपरा देखि सुरु गरेको प्रदर्शन चारनम्बर चोकमा आएर कोणसभामा परिणत भएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका लामिछानेलाई बलात्कारको आरोपमा फसाउने खेल भैरहेको […]
लुम्बिनी भ्रमणपछि अमेरिकी राजदूतले भने: विविधतायुक्त समाज नेपालको सुन्दर पक्ष
बुटवल । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले विविधतायुक्त समाज नेपालको सबैभन्दा सुन्दर पक्ष रहेको बताएका छन्। लुम्बिनी प्रदेशको भ्रमण सकेर फर्किएका राजदूत थम्पसनले सामाजिक सञ्जालमा यस्तो उल्लेख गरेका छन्। ‘म लुम्बिनीमा पहिलो पटक पुगे। यो एक अचम्मको यात्रा थियो,’ थम्पसनले लेखेका छन्, ‘जहाँ एउटै यात्राभित्र बुद्धको पवित्र जन्मस्थल र धेरै विविधतायुक्त समुदायका घरहरूको […]
राप्तीसोनारीमा झाडा पखाला: २९ जना बिरामी, सात जनाको अवस्था गम्भीर
खजुरा । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडा पखाला फैलिएको छ । एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका २९ जना बिरामी परेका छन् ।बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए । कुसुम स्वास्थ्य चौकी इञ्चार्ज अमृत महतराका अनुसार खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको […]
तुलसीपुरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु
दाङ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा एकजनाको मृत्यु । मृत्यु हुनेमा अटो चालक तुलसीपुर–३ पैयाँखोरे निवासी जिवन घर्ती रहेको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट पैयाँखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन भने बाँकी रहेको […]
बहराइचमा हुन लागेको निर्वाचनको लागि जमुनाह नाका तीन दिन सिल
नेपालगन्ज । भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा हुने लोकसभा निर्वाचनलाई लक्षित गरी बाँकेको नेपालगन्जस्थित जमुनाहा नाका तीन दिन बन्द (सिल) हुने भएको छ । भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा वैशाख ३१ गते हुने लोकसभा निर्वाचनलाई लक्षित गरी शुक्रबार राति १० बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म जमुनाहा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय बाँकेले […]