बँदेल मारेको आरोपमा पूर्व डीआईजीसहित १० जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सप्तरी । शिकार गरेर बँदेल मारेको आरोपमा पूर्व डीआइजीसहित १० जना परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ को कोशी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी)  ज्ञानविक्रम शाह र नेपाल प्रहरीकै बहालवाला प्रहरी नायव निरीक्षक (सई) सञ्जय न्यौपाने पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यले पक्राउ परेकामाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *