प्रेस सेन्टर कपिलवस्तुको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा कार्की निर्विरोध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले मानिस कार्कीको अध्यक्षतामा १५ सदस्य निर्विरोध समिति चयन भएको छ । जस्को उपाध्यक्षमा माधव बेल्बासे, भगवती न्यौपाने, सचिवमा पिताम्बर घिमिरे हरी, सहसचिवमा सूर्य गुरूङ्ग, सहसचिवमा अजय शाहनी, कोषाध्यक्षमा सहबाज खान लगायत अन्य सदस्यमा रहनु भएको छ ।

अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज रुद्रप्रसाद बञ्जाडेले पत्रकारको प्रेस सेन्टर सङगठनलाइ सुदृढ गर्दै सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो । समाज रुपान्तरणमा सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेकाले निशपक्ष र इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिनु भयो ।

त्यस्तै माओवादी केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु बेलबासेले कपिलवस्तुको विकासको लागि सञ्चार माध्यमले शसक्त भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अनैतिक र अनियमित गतिविधि विरुद्ध बुलन्द आवाज उठाउन पनि आह्वान गर्नुभयो ।

प्रेस सेन्टर कपिलवस्तुका सस्थापक अध्यक्ष सिपि शर्माको नामबाट स्थापित युवा पुरस्कारबाट युवा जनपक्षीय पत्रकार मनिष गुप्ता सम्मानित हुनु भएको छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिह विश्वकर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य बसन्त गिरि, प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा कपिलवस्तुका इन्चार्ज दिलाराम भुसाल, प्रेस सेन्टरका प्रदेश समितिका सचिव चिन्ता परियार र प्रेस सेन्टरका प्रदेश कोषाध्यक्ष मनिष कार्कि लगायतले बोल्नु भएको थियो ।

प्रेस सेन्टर नेपाल कपिलवस्तुका शाखा अध्यक्ष अर्जुन बेलबासेको अध्यक्षता,उपाध्यक्ष भुपाल थापाको स्वागत मनतव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव माधव बेलबासेले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *