प्रधानमन्त्री कार्कीलाई सांसद पन्थीको शुभकामना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले नेपालको प्रथम महिला प्रधानमन्त्री तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाईसहित सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको संदेशमा सांसद पन्थीले प्रधानमन्त्री कार्कीले नेपाली युवा पुस्ताको चाहना अनुरूप पुराना भ्रष्टाचारका मुद्दाको छानबिन गरी दोषीमाथि न्यायोचित सजाय दिलाउने विश्वास व्यक्त गर्नुभएको छ ।

“आन्दोलनका क्रममा भएका सम्पूर्ण घटनाको छानबिन होस्, सत्यतथ्य बाहिर आओस् र दोषी दण्डित होस् भन्ने चाहना हामी सबैको हो,” सांसद पन्थीले लेख्नुभएको छ ।

उहाँले मुलुकलाई पुनः लयमा फर्काउन सबै नागरिकले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीलाई आगामी कार्यकालमा पूर्ण सफलताको शुभकामना दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *