जनहित अनलइन, कपिलवस्तु । पछिल्लो समय पाल्पाको विभिन्न स्थानमा चोरीका घटना बढ्दै गएका छन् ।
केही दिनदेखि तिनाउ गाउँपालिकाका सिद्धार्थ राजमार्ग छेउका पसल तथा घरमा चोरी भएको स्थानीय बासिन्दा बताउछन। तिनाउको सिसुवा, डुम्रेबजार, जोरधारा क्षेत्रमा नगद,गरगहना तथा सामान चोरी भएको छ । यसैबीच चोरीका घटना जिल्लाका अन्य स्थानमा समेत हुन सक्ने प्रहरीले जनाएको छ ।
रातिको समयमा चोरीका घटना बढी हुन सक्ने भएकाले गरगहना, पैसा सुरक्षित राख्न र सचेत रहन प्रहरीले आग्रह गरेको छ । नयाँ नचिनेका व्यक्ति देखिए र शंकास्पद मानिस भेटिए प्रहरीमा खबर गर्न समेत आग्रह गरेको छ ।


