पार्टी स्थापना दिवसको अवसरमा रास्वपा कपिलवस्तुद्वारा रक्तदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । पार्टी स्थापनाको दुई वर्ष पुगेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखामा रक्तदान गरेको रास्वपा जिल्ला सभापति शिव कुमार सुवेदीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

केन्द्रको निर्णय अनुसार विभिन्न कार्यक्रम भएपनि कपिलवस्तु सहित तराइ मधेशका जिल्लामा रगतको अभाव हुँदै गएको भन्दै उक्त समस्यालाई केहि हदसम्म भएपनि समाधान गर्न रक्तदान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा रास्वपा प्रदेश प्रवक्ता कमल प्रसाद पोख्रेलले रास्वपा विशुद्ध देश र जनताको पक्षमा काम गर्ने उद्देश्यले स्थापना भएको भन्दै सो लय बाट नडगमगाउने बताउनुभयो । रगत दान गर्नु सबैभन्दा पुण्यको काम रहेकोले रगत दान गर्न आह्वान गर्नुभयो ।

रक्तदान कार्यक्रममा रास्वपा जिल्ला उपसंयोजक गिता शर्मा, नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखाका सभापति शंकर पाण्डे, उपशाखा मन्त्री कृष्ण अधिकारी लगायत सोसाइटीका पदाधिकारी, रास्वपाका नगर तथा जिल्ला कमिटी पदाधिकारी तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो । रक्तदान गरेका दाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

 

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *