जनहित अनलाइन, कपिलवस्तु । लामो समयसम्म पानी नपरेपछि अर्घाखाँचीको शितगंगा नगरपालिका १४ पावरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि अहिलेको समय सङ्गै भगवान् इन्द्रको पूजा गरिएको स्थानीय हरि टण्डनले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
विगतको समयमा पनि पानी नपर्दा पुर्खाहरुले पुजा गर्ने गरेको भन्दै अहिले आफुहरुले पनि त्यसलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । पानी नपर्दा हुन पुगको सुख्खा मौसमका कारण खेतीबाली सङ्गै मानिसमा पनि विभिन्न प्रकारका सरुवा रोगहरु देखा पर्न थालेको भन्दै त्यसको समाधानको लागि पुजा गरेको स्थानीयले बताएका छन ।
भगवान् इन्द्रको पूजा गरी पानी मागेमा पानी पर्ने जनविश्वास छ ।

