जनहित अनलाइन , बाणगङ्गा । १५ औँ कपिलवस्तु महोत्सवको तयारी तिब्र रुपमा चलिरहदा एता मुल गेट निर्माण र मञ्च निर्माणको कार्य पनि उतिकै तिब्र गतिमा छ । गेट ,मंंच र सचिवालय ब्यवस्थापनको संयोजक रहेका इन्द्र पोख्रेलले मुल गेट निर्माणको कार्य आज राति सम्म सकिने बताएका छन । आफुले पाएको जिम्मेवारीमा रातदिन तल्लिन रहि ब्यवस्थापन गरिरहेको उनको भनाइ छ ।
बंगालि कालिगढ्बाट बनाउन थालिएको गेट आज ३ दिनमा पुरा हुदै छ । गेट पशुपति मन्दिरको गजुर सहितको आकार दिने गरी बनाइदै छ । उक्त गेट तिन
तल्लाको आकार दिने गरी बनाईएको कालिगढ मंजुर आलमले जनहित अनलाइन सङ्ग बताएका छन ।

गेटको आकार पुरा गरी कपडा लेपनको कार्य भैरहेको छ । गेटको माथि चार कोछामा नेपालको झण्डा रहने र गेटको वरीपरी लाईट राखिने छ भने बिचमा गजुरको आकार रहने छ । आज राति १२ बजे सम्म सबै काम पुरा हुने बताइएको छ ।
बंगाली कालिगढ मंजुर आलम सहित किसन महत्तो, राम बाबु पण्डित, र मिट्लेस पण्डित गरी चार जनाको टोली रातदिन नभनी गेट बनाइरहेको उनको भनाई छ । यति ठुलो गेट बनाउन पाउदा गेटको आकार राम्रो देखिने भन्दै खुशि समेत ब्यक्त गरेका छन ।


मुल गेटको सजावटले दर्शकको आकर्षण बढ्नेमा आफु बिश्वस्त रहेको इन्द्र पोख्रेलको भनाई छ ।
यता प्रदेश मै लोकप्रीय मानिएको मञ्चको निर्माण कार्य पनि धमाधम भैरहेको छ । पछाडि स्क्रिन सहितको संकृति झल्क्याउने सामाग्री सहितको आकर्षक सजावटको काम भैरहेको छ । भोलि सम्म मंंचको काम पुरा हुने संयोजक पोख्रेलले बातएका छन । उता सचिवालयको काम पनि ८० प्रतिशत पुरा गरीएको र गेटको काम सकेर कालिगढले भोलि सचिवालयको सजावट देखिका कामहरु पुरा गर्ने पोख्रेलको भनाइ छ ।
१५ औ कपिलवस्तु महोत्सव मंसिर १९ देखि पौष २ गतेसम्म सन्चालन हुने छ ।


