जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघ, बाणगंगा ११ को अध्यक्षमा नारायणी अधिकारी चयन हुनुभएको छ । विहिबार ओदारीमा भएको एक कार्यक्रमका बिच अधिकारीको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको हो ।
जसको उपाध्यक्षमा एकलाल नेपाली, सचिवमा सरस्वता आचार्य, कोषाध्यक्षमा कल्पना थारु, सहसचिवमा कुन्ति परियार, सदस्यहरुमा तील कुमारी परियार र जानकी थारु चयन हुनुभएको हो ।
कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले संघलाई विस्तारै ७५३ वटै नगरपालिका सहित हरेक वडामा कमिटि विस्तार गर्दै लैजाने बताउनुभयो । खासगरी देशमा रहेका बेरोजगार युवा, शिक्षित तर पहिचान गर्न नसकिएका दक्ष जनशक्तिलाई एकिकृत् गरी उनीहरू भित्र रहेका सम्भावित क्षमताको उजागर गर्नु गराउनु यो संस्थाको मूख्य उद्धेश्य रहेको उहाँले बताउनुभयो । समाजमा रहने हरेक तह र तप्काका मानव् स्रोत हरूको व्यक्तिगत विकास र उनीहरूको क्षमतालाई प्रत्यक्ष आफ्नै समुदायमा लगानी गर्न सकिने आधारको खोजी पनि यो संस्थाको मूल मर्म रहेको उहाँले बताउनुभयो । यसको स्थापना विसं २०७६ सालमा भएको हो ।
त्यस्तै बाणगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले नेपाल स्वयंसेवक संघ जस्ता सामाजिक कार्यमा सक्रिय संघसंस्थाले समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । स्वयंसेवक संघले बाणगंगामा अझ सशक्त भएर काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम नेपाल स्वयंसेवक बाणगंगा नगरपालिकाकी अध्यक्ष सरिता ढकालको अध्यक्षता तथा नगर सदस्य मिना चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

