जनहित अनलाइन, कपिलवस्तु। नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुको अध्यक्षमा पुनः पदम प्रताप सेन निर्वाचित हुनुभएको छ । मंगलबार बाणगंगा नगरपालिका–४ स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न संघको प्रथम अधिवेशनबाट सेन सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः चयन हुनुभएको हो ।
नवगठित कार्यसमितिका उपाध्यक्षहरूमा नारायण अर्याल, कालीका उपाध्याय र मोहमद सरिफ मुसलमान चयन हुनुभएको छ भने सचिवमा रन बहादुर क्षेत्री, कोषाध्यक्षमा बम बहादुर कुँवर, सह–सचिवहरुमामा नवराज पौडेल, विन्दु शाही क्षेत्री, दिपक थारु, गणेशलाल कर्ण निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा उमनाथ पोख्रेल, कोपिला थापा, बेद प्रकाश भुसाल, संगिता पोख्रेल, माधुरी ओली, दिपकुमार केवट, केशव थापा, मैनुदिन मुसलमान, अब्दुल जाहिद, हरि बहादुर गुरुङ र राकेश तिवारी निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष सेनले जिल्लामा लोकतान्त्रिक सोचका साथ खेलकुद क्षेत्रको विकास तथा विस्तार गर्न प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले संघमा युवाहरुलाई आवद्ध गराउँदै संघलाई थप सुदृढ बनाउने गरि अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पदम प्रताप सेन नेतृत्वको नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुले छोटो समयमा स्रोत साधनको अभावमा पनि खेलकुद र सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।


