नेपाल र यूएईको फिफा विश्वकप छनोट खेल आज

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ ।

दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै दुबै खेल साउदी अरबमा हुने भएको हो । नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले नेपालको यस खेल आयोजना गर्न स्वीकार गरेको हो । नेपाल र यमन बीचको खेल पनि यही स्टेडियममा हुँदैछ ।

समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो । नेपाल यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले गुमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *