नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको घरमा तोडफोड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तिलोत्तमा-स्थित घरमा आन्दोलित युवाहरूले तोडफोड गरेका छन्। घटनाबारे विस्तृत विवरण अझै आउन बाँकी छ।

स्थिति नियन्त्रणमा लिन रुपन्देही जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रसम्म कर्फ्यु लागू गरिएको हो।

बुटवल क्षेत्रमा धागो कारखाना पुलदेखि बेलबास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म कर्फ्यु आदेश जारी गरिएको छ। यस्तै भैरहवामा रोहिणी खोलादेखि बेथरीसम्म, उत्तरमा बुद्धचोकदेखि दक्षिणमा मेउडीहवासम्म कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।

त्यसैगरी बुटवल–बेलहिया सडक खण्डको दायाँ–बायाँ १०० मिटर क्षेत्रभित्र पनि कर्फ्यु आदेश लागू गरिएको छ। प्रशासनले अवस्था सामान्य नहुँदासम्म आदेश कडाइका साथ लागू हुने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *