नागरिकको स्वास्थ्य सङ्ग जोडिएको खानेपानीको सम्बन्धमा नगर सचेत छः मेयर अर्याल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बाणगङ्गाले खानेपानीको क्षेत्रमा गरेको कार्यको सबैले प्रशंसा गरेको बताउनुभयो । नागरिकको स्वास्थ्य सङ्ग प्रत्यक्ष रुपमा जोडिएको खानेपानीको सम्बन्धमा नगर सचेत रहेको पनि उहाँले बताउनुभएको छ ।

खानेपानि तथा सरसफाइ उपभोक्ता महासंघ बाणगंगा नगरका दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएका हो । मेयर अर्यालले खानेपानीको गुणस्तर कायम गर्नको लाग नगरपालिकाले संघसंस्थाको नियमित अनुगमन र निरीक्षण गरिरहेको बताउनुभयो । बाणगङ्गामा अहिले १ लाख भन्दा धेरै जनसंख्या रहेको भन्दै यहाँ खानेपानीको योजनालाई दीर्घकालीन हुनेगरी बनाउन आवश्यक रहेको बताउनुभयो ।

No description available.

त्यस्तै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष राजेन्द्र विक्रम साहले पछिल्लो ५ देखि ७ वर्षको बिचमा बाणगङ्गा भित्र करिब ५० प्रतिशत परिवारलाई सुरक्षित खानेपानी वितरण गरेको बताउनुभयो । अध्यक्ष साहले सुरक्षित खानेपानीको सबालमा जिल्लामै बाणगङ्गा नगरपालिका अब्बल रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले सुरक्षित खानेपानी वितरण कार्यमा नगर प्रतिबद्ध रहेको बताउनुभयो ।

यसैबिच खानेपानि तथा सरसफाइ उपभोक्ता महासंघ बाणगंगा नगरको अध्यक्षमा पुनः विश्व कार्की चयन हुनुभएको छ । शनिबार बाणगंगाको नन्दनगरमा भएको महासंघ बाणगंगाको दोस्रो नगर अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत दोहो¥याएको छ । कार्र्की आगामि चार वर्षका लागि अध्यक्षमा चयन हुनुभएको हो ।

जसको उपाध्यक्षमा सञ्जु सेन, सचिवमा खडानन्द गौतम, सह सचिवमा पुष्पा भण्डारी र कोषाध्यक्षमा कल्पना पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा यमकुमारी गाहा, प्रेम पौडेल, नवराज पन्त, विष्णु वि.सि. र शान्ता न्यौपाने चयन हुनुभएको नगर कार्यपालिका सदस्य तथा निर्वाचन मण्डल संयोजक शान्ता पाण्डेलेसेले बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष कार्कीले आफुले विगतमा पनि हरेक परिवारको घरघरमा सुरक्षित खानेपानी पुर्यान सक्रिय रुपमा लागेको स्मरण गर्दै त्यसलाई निरन्तरता दिने बताउनुभयो ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *