दैलेखमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दैलेख । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिजुलीको पोल बोकेर ट्याक्टर खराब सडकमा लोड थेग्न नसक्दा आइतबार राती दुर्घटनामा परेकाे थियाे ।

भस्नेपाटीदेखि खड्केगैरा जाने क्रममा भे १ त ८९६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका-६ धाडाको जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमै दुल्लु नगरपालिका-६ खच्चेगैरा बस्ने ५५ वर्षका मान बहादुर रावतको मृत्यु भएको थियाे। अन्य घाइतेहरूलाई उपचारका लागि आइतबार राती प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।

घाइतेहरू मध्य दुल्लु-६ बस्ने ५६ वर्षीय कमारो रावल र चालक कमल शाहीकाे उपचारकै क्रममा मृत्यु भएको हो। त्यस्तै दुल्लु –६ बस्ने ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छविलाल रावल, ३४ वर्षीय प्रेमबहादुर रावल, ३१ वर्षीय ललित खड्का घाइते छन्।

दुर्घटनापछि तत्काल उद्धार र उपचारका लागि स्थानीय र प्रहरी परिचालन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *