देवि देउराली सामुदायिक वनको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । देवि देउराली सामुदायिक वनको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका ११ ढुङ्गेसेरामा रहेको उक्त वनको आ आफ्नै सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नवराज भुसालले संसार भरि मासिदै गैरहेको वन क्षेत्रको संरक्षण गर्न सबै जुट्ने समय आएको बताउनुभयो । वन जङ्गल बाट राम्रो आर्थिक आम्दानी समेत गर्न सकिने भएकाले व्यवस्थित गर्न अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ लाखको अनुमानित बार्षिक कार्यक्रम पास समेत गरेको छ ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य वोम बहादुर बि क, शितगंगा सव डिभिजन वन कार्यालयका स. व. र. गुण बहादुर घर्ति लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *