दाङ प्रहरीद्वारा १३ किलो अफिम सहित तीनजना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । दाङ प्रहरीले १३ किलो अफिम सहित तीनजनालाई पक्राउ गरेको छ । तुलसीपुर ८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई आफन्तको घरबाट गएराति पक्राउ गरिएको हो ।

इप्रका तुलसीपुरका डीएसपी ठाकुर पोखरेलका अनुसार प्रहरी निरीक्षक प्रकाश थापासहित जिप्रका दाङको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

रुकुममा अवैधरूपमा खेती गरेर अफिम दाङको तुलसीपुर हुँदै भारत पठाइँदै आएको छ । अफिम कारोबारीले तुलसिपुरलाई ट्रान्जिट प्वाइन्ट बनाउन थालेपछि प्रहरीले निगरानी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *