दसैँका लागि आइतवारदेखि सफा तथा सुकिला नोट साट्न पाइने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौ । यसवर्षको दसैँका लागि असोज १३ आइतवारदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ।

नेपाल राष्ट्र बैँकले आज सूचना जारी गर्दै यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाउने बताएको हो।

राष्ट्र बैँकका अनुसार बैँकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाउने छन्।

साथै इजाजतपत्र प्राप्त बौ तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *