जेनजी लुम्बिनीको संयोजकमा रुपन्देहीका आदित्य

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लुम्बिनी । जेनजी लुम्बिनी प्रदेशको संयोजकमा रुपनदेहीका आदित्य आचार्यले जिम्मेवारी पाएका छन् । काठमाडौंमा भएको विशेष भेलाले प्रदेशका संयोजकहरू टुंगो लगाएको आचार्यले जानकारी दिए ।

उनले भने, “अन्य प्रदेशमा पनि जिम्मेवारी टुंगो लागिसकेको छ । तर केही प्रदेशमा आकांक्षीको संख्या बढी भएकाले छलफल जारी छ ।”

आचार्यले जेनजीको आन्दोलनका कारण सत्ता ढलेकोमा जेनजीको योगदानलाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि यस किसिमको खबरदारी निरन्तर रहने बताए ।

आचार्यले भने , “देशलाई निकास आवश्यक छ । प्रतिनिधि सभा विघटनपछि निर्माण भएको अन्तरिम सरकारले अब देशलाई सही मार्ग निर्देशन दिनेछ । सरकारलाई सहयोग गर्ने काम हामीले निरन्तर जारी राख्नेछौँ। आन्दोलनका क्रममा मारिएका सहिदका अभिभावकलाई पनि उच्च सम्मान गर्दै, उहाँहरूको सपना आत्मसाथ गर्दै अघि बढ्नेछौँ ।”

उनले सबै लुम्बिनीका जेनजीलाई एकजुट हुन आह्वान गर्दै भने, “देशको भविष्य हाम्रो काँधमा छ। हामी बिचलित नहुने र निरन्तर राष्ट्रसेवामा समर्पित भएर काम गर्ने छौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *