जनहित अनलाइन, कपिलवस्तु । रुपन्देहीको लुम्बिनी साझेदारी वनको विभिन्न क्षेत्रमा जनप्रतिनिधि सहितको एक समुहले अनुगमन गरेको छ । आर्थिक वर्ष २०९७/०८० को आम्दानी तथा खर्च विवरण, कटान, घाटगद्दी व्यवस्थापन लगायतका क्षेत्रमा कञ्चन गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलको संयोजकत्वमा अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा वडा अध्यक्ष पौडेलले यसै गरि सम्पुर्ण साझेदारी तथा सामुदायिक वनहरुले सम्पुर्ण पक्षलाई चुस्त दुरुस्त बनाउने हो भने वनमा कुनै समस्या नआउने बताउनुभयो । वन श्रोतलाई सदुपयोग गर्न सके जिल्लाको विकास निर्माणमा ठुलो सहयोग पुग्ने उहाँले बताउनुभयो । उनले वनले वन संरक्षण तथा सम्बद्र्धनमा भएका कार्यहरू, समुह व्यवस्थापन तथा सामाजिक आर्थिक पक्षको विषयमा चासोका साथ अनुगमन गरेका हुन ।
अनुगमनमा नबुझेका र स्पष्ट नभएका कुराहरूलाई साहयक डिभिजन वन अधिकृत चन्द्र बहादुर भाट क्षेत्रीले सहजिकरण गरेका थिए । उनले वनले वन संरक्षण तथा सम्बद्र्धनमा भएका कुराहरूलाई बुँदागत रुपमा प्रस्तुत समेत गरेका हुन् ।
अनुगमनमा लुम्बिनी साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, साझेदारीका कार्यसमिति सदस्यहरू, नेपाल प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।







