जनहित अनलाइन, कपिलवस्तु । छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आइरहेको कपिलवस्तुको ग्यालेक्सी युथ क्लबले एक विपन्न परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । बाणगंगा–७ स्थित अति विपन्न एक परिवारलाई खाद्यन्न, झोला, जुत्ता लगायत विभिन्न सामाग्रि हस्तान्तरण गरेको क्लबका अध्यक्ष अमृत गिरीले जनहित अनलाइन सङ्ग बताएका छन ।
१ क्विन्टल चामल, ५ किलो दाल, ३ लिटर तेल, नुन, बेसार, परिवारका बालबालिकालाई जुत्ता, कापि, झोला लगायतका शैक्षिक सामाग्रि सहयोग गरिएको अध्यक्ष गिरीले बताएका छन ।
मधुसुदन भुषाल, खिमानन्द भण्डारी, लगायतले उक्त सामाग्रि हस्तान्तरणमा सहयोग गर्नुभएको जनाइएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी तिलक गिरी, किरण खड्का, मन बहादुर कार्की, क्लबका पदाधीकारी लगायतको उपस्थिती रहेको थियो ।







