गुल्मीमा पहिरोमा परी ५ जनाको मृत्यु (अपडेटे)

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गुल्मी । अविरल वर्षापछि आएको पहिरोले गुल्मीमा ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले बताए ।

मालिका ६ का वडाध्यक्ष दीपक भण्डारीका अनुसार पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया बुहारी सीता विक, नातिनीहरू ७ वर्षकी सपना विक र ८ महिनाकी विपना विकको मृत्यु भएको छ ।

गएराति आएको अविरल वर्षाले पहिरो गएको जानकारी पाएपछि ईश्मा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली खटिएको एसपी भुजेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *