मधेशमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशतभन्दा बढी
महोत्तरी । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार मधेशमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरणअनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेरमुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो […]
मध्य असार सम्म लुम्बिनीमा १८ प्रतिशत धान रोपाइँ, कपिलवस्तुमा ४ प्रतिशत मात्र
दाङ । लुम्बिनी प्रदेशमा धान रोपाइँ जम्मा १८ दशमलव ५० प्रतिशत भएको छ। लामो समय खडेरी परेका कारण किसानले समयमै धान रोपाइँ गर्न पाएनन्। असार १५ सम्म पहाडी जिल्लामा धान रोपाइँ राम्रो देखिएपनि तराईका जिल्लामा भने निकै कम रोपाइँ भएको देखिएको हो। लुम्बिनी प्रदेशमा ६ लाख ७९ हजार ६ सय १३ हेक्टर खेतीयोग्य जमिनमध्ये तीन […]
गुल्मी, बागलुङ र स्याङजामा पहिरोमा परी ९ जनाको ज्यान गयो, दुई जना घाइते
काठमाण्डौ । गुल्मी, बागलुङ र स्याङजामा पहिरोमा परी नौ जनाको ज्यान गएको छ । गुल्मीमा पाँच, बागलुङ र स्याङजामा दुई/दुई जनाको ज्यान गएको हो । गुल्मीमा एकै परिवारका पाँच जना पहिरोमा पुरिएकोमा सबैको शव भेटिएको छ । मालिका गाउँपालिका वडा नम्बर–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा ५६ का भेषबहादुरसहित उहाँकी श्रीमती ४७ वर्षीया […]
दाङको राजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु
घोराही, असार १५ गते । दाङको राजपुरमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको समयमा शुक्रवार साँझ करिब ७:३० बजे परेको चट्याङ लागेर घाइते हुनुभएकी राजपुर गाउँपालिका–२ मटेरिया निवासी करिब ४० बर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका वरिष्ठ प्रहरी निरीक्षक उज्ज्वल शाहले जानकारी दिनुभएको छ । […]
गुल्मीमा पहिरोमा परी ५ जनाको मृत्यु (अपडेटे)
गुल्मी । अविरल वर्षापछि आएको पहिरोले गुल्मीमा ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले बताए । मालिका ६ का वडाध्यक्ष दीपक भण्डारीका अनुसार पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली […]