काठमाडौं। गाउँ शिक्षा समितिको कार्यालय अबदेखि विद्यालयमा नभई स्थानीय तहमा रहने भएको छ। सरकारले स्वीकृत गरेको शिक्षा नियमावली १० औँ संशोधन(२०८३ मा उक्त व्यवस्था गरिएको छ।
यसअघिको शिक्षा नियमावलीमा गाउँ शिक्षा समितिको कार्यालय सम्बन्धित गाउँ विकास समितिको क्षेत्रभिको कुनै विद्यालयमा रहने व्यवस्था थियो।
संशोधित मूल नियमावलीको नियम २१ ९क० भनिएको छ,‘गाउँ वा नगर शिक्षा समितिको सचिवालय स् गाउँ वा नगर शिक्षा समितिको सचिवालय सम्बन्धित स्थानीय तहमा हुनेछ।’
स्थानीय तहको शिक्षा हेर्ने शाखाले गाउँ वा नगर शिक्षा समितिको सचिवालयको रुपमा कार्य गर्ने नियमावलीमा उल्लेख छ। गाउँ वा नगर शिक्षा समितिको अन्य काम, कर्तव्य र अधिकार स्थानीय कानूनले तोके बमोजिम हुने व्यवस्था गरिएको छ।

