जनहित अनलाइन, कपिलवस्तु । खानेपानि तथा सरसफाइ उपभोक्ता महासंघ बाणगंगा नगरको अध्यक्षमा पुनः विश्व कार्की चयन हुनुभएको छ । शनिबार बाणगंगाको नन्दनगरमा भएको महासंघ बाणगंगाको दोस्रो नगर अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत दोहो¥याएको छ । कार्र्की आगामि चार वर्षका लागि अध्यक्षमा चयन हुनुभएको हो ।
जसको उपाध्यक्षमा सञ्जु सेन, सचिवमा खडानन्द गौतम, सह सचिवमा पुष्पा भण्डारी र कोषाध्यक्षमा कल्पना पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा यमकुमारी गाहा, प्रेम पौडेल, नवराज पन्त, विष्णु वि.सि. र शान्ता न्यौपाने चयन हुनुभएको नगर कार्यपालिका सदस्य तथा निर्वाचन मण्डल संयोजक शान्ता पाण्डेले बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष कार्कीले आफुले विगतमा पनि हरेक परिवारको घरघरमा सुरक्षित खानेपानी पुर्यान सक्रिय रुपमा लागेको स्मरण गर्दै त्यसलाई अझ सशक्त ढङ्ग बाट लैजाने बताउनुभयो ।

