जनहित अनलाइ, कपिलवस्तु । क्रिकेटर सन्दिप लामिछानेको लागि न्यायको माग गर्दै कपिलवस्तुको बाणगंगाका युवाहरु सडकमा उत्रिएका छन । आज शनिवार सामाजिक अभियान्ता डाक्टर निकोलस भुसाल सहित बाणगंगाका युवाहरुले पिपरा देखि सुरु गरेको प्रदर्शन चारनम्बर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका लामिछानेलाई बलात्कारको आरोपमा फसाउने खेल भैरहेको भन्दै आज देशैभर युवाहरुले प्रदर्शन गरेका हुन । खेलको माध्यम बाट देशलाई विश्वभर चिनाउने व्यक्तिलाई नै विभिन्न बहानामा अल्झाएर राखेको भन्दै केहि समय पछि हुन लागेको विश्वकपमा खेल्न पठाउनुपर्ने बाणगंगाका युवाहरुको माग रहेको छ । दोषी भए सजाय देउ, हैन भने विश्वकप खेल्न देउ, क्रिकेट हाम्रो मान हो, सन्दिप हाम्रो शान हो, राष्ट्रको गहनालाई अनिर्णयको बन्दि बनाएर खिया लगाउन पाइदैन लगायतका विभिन्न नारा लेखिएका प्लेकाड बोकेर युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनमा सहभागि हुन काठमाडौ बाट आएका सामाजिक अभियान्ता डाक्टर निकोलस भुसालले कपिलवस्तु जस्तो पवित्र भुमि बाट सन्दिपको न्यायको लागि प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताएका छन । उनले बलात्कारको झुटो आरोप लगाएर देशको गहनालाई अगाडी बढ्न नदिएको आरोप समेत लगाए । अर्घाखाँचीको शितगंगा, बुद्धभुमि, बाणगंगा लगायत विभिन्न पवित्र स्थलका युवाहरुले लामिछानेको न्यायको लागि गरेको यो प्रदर्शन महत्वपुर्ण हुने उनले बताए ।



