मतदानका लागि ७ लाख ९० हजारले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा भोट दिन काठमाडौँ उपत्यकाबाट करिब आठ लाख यात्रु बाहिरिएका छन्। गृहजिल्ला पुगेर मतदान गर्न यो संख्यामा सर्वसाधारण काठमाडौँ छाडेर घर गएका हुन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बुधबार दिउँसोसम्ममा सात लाख ९० हजार व्यक्तिले उपत्यका छाडेको जानकारी दिए। ‘हिजोसम्म ७ लाख ५० हजार व्यक्तिले उपत्यका छाडेका थिए। मतदान गर्ने प्रयोजनका लागि […]

चुनावकाे तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपील

काठमाण्डाै । निर्वाचन आयोगले भाेलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावकाे सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । चुनावकाे पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रहरूमा आवश्यक चुनाव सामग्रीहरू पुगिसकेको जानकारी दिनुभएको हो । उहाँले गएकाे भदाै २३ र २४ गतेको नवयुवा आन्दोलनपछि सिर्जना भएको विशिष्ट […]

मध्यपूर्वको तनावका कारण नेपाल, ओमान र यूएईबीचको लिग–२ शृङ्खला स्थगित

काठमाण्डाै । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको त्रिदेशीय एकदिवसीय शृङ्खला स्थगित भएको छ । मध्यपूर्वको तनावलाई ध्यानमा राख्दै नेपालमा तय भएको लिग–टू शृङ्खला स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ । यो शृङ्खला यही फागुन २६ देखि चैत ६ गतेसम्म काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि […]

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

रुपन्देही । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीमानाकामा सुरक्षाका लागि दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच अनौपचारिक सीमा समन्वय बैठक सम्पन्न भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लाका समकक्षीसँग प्रतिनिधिसभा निर्वाचन २०८२ […]

दाङमा पौडी खेल्दा डुबेर एक किशोरको मृत्यु

दाङ ।  घोराहीमा पौडी खेल्ने क्रममा तालमा डुबेर मंगलबार बेलुका एक किशोरको मृत्यु भएको छ।  मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१६ ठोकरैयाका १३ बर्षीय दिवश बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दिनभरी होली खेलेर बेलुकापख साथीहरुसँग स्थानीय तालमा नुहाउन पसेका बुढा डुबेर वेपत्ता भएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले […]

७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठक गरेर निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख […]

जोखिमयुक्त क्षेत्रबाट नेपाली श्रमिक स्थानान्तरण

काठमाडौँ ।  खाडी मुलुकस्थित अमेरिकी सैन्य क्याम्प र जोखिमयुक्त क्षेत्रमा रहेका नेपाली श्रमिकलाई रोजगारदाताले सुरक्षित स्थानमा सारेका छन् । इरानले निसाना बनाउन सक्ने स्थानमा रहेका श्रमिकलाई सुरक्षित ठाउँमा सारिएको हो । अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य क्याम्पलाई निसाना बनाइरहेको छ । सबैभन्दा पहिला बहराइनस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरिएको थियो । ‘हामीलाई […]

भोलि हुने मतदानको आवश्यक तयारी अन्तिम चरणमा

काठमाण्डौ । भोलि हुने मतदानका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार छिटपुटबाहेक सबैजसो तयारी सकिएको छ । चुनाव सुरक्षार्थ परिचालन गरिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा टोली ७७ वटै जिल्लाका मतदान केन्द्रमा परिचालन भएको छ । सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी […]