काठमाण्डौ महानगरपालिकाद्वारा आगलागी प्रभावित दुई गाउँपालिकालाई दश/दश लाख रुपैयाँ अनुदान सहयोग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ । महानगरपालिकाले आगलागी प्रभावित लुम्बिनी प्रदेशका दाङ जिल्लाको ‘राजपुर गाउँपालिका’ र गुल्मी जिल्लाको ‘इस्मागाउँपालिका’लाई १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको वैठकले आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको सङ्कटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानीअनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।

यो रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइनेछ । ती पालिकाहरुले महानगरपालिकासँग सहयोग माग गरेकाथिए ।  दाङ् जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७को हाटबास क्षेत्रमा वैशाख १६ गते आगलागी भएको थियो । आगलागीमा परेर २५ वटा घर र ३५ वटा गोठजलेर नष्ट भएका छन् ।

यस्तै, वैशाख ८ र ९ गते गुल्मी जिल्लाको इस्मा गाउँपालिकाका विभिन्न ठाउँमा आगलागी भएको थियो । यसबाट २८ वटा घर, ५१ वटा गोठ, १३ वटा भैँसी, ७८ वटा बाख्रासहित धन सम्पत्ति, पशु चौपायाको क्षति भएको छ ।महानगरपालिकाले यस अघि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलकाआगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *