करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण तौलिहवामा कार्यरत एक कर्मचारीको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तौलिहवामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।जिल्लाको यशोधरा गाउँपालिका ६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

सोमबार साँझ आएको रेमल चक्रवातको प्रभावको कारण बिग्रिएको ट्रान्सफर्मर बनाउने क्रममा साढे ८ बजेतिर यशोधरा गाउँपालिका २ गणेशपुरका ३२ वर्षीय हरिस चन्द्र मिश्रालाई करेन्ट लागेको हो ।

मिश्रा बिगत केही वर्ष अघिदेखि विद्यूत प्राधिकरण वितरण केन्द्र तौलिहवामा कार्यरत थिए । उनी ज्यालादारी प्राविधिक कर्मचारी रहेको जनाइएको छ । मृतकको शवलाई पोस्टमार्टम लागि कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको छ । घटनाको अनुसन्धान भर्इरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *