कपिलवस्तु १० का पुर्व वडा अध्यक्ष रास्वपा प्रवेस -प्रथम वडा भेलाबाट सभापतिमा थारु चयन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सागर बेल्वासे, पौष १२ कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवनगरपलिक १० मा वडा भेला  सनिबार सम्पन्न भएको छ। भेलामा सहभागी स्थानीय जेष्ठ नागरिक एकराज शर्मा को सभापतित्वमा भएको कार्यक्रममा रास्वपा केन्द्रिय संगठन बिभाग सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपाल घिमिरेको प्रमुख आतिथ्यता रहेको  थियो ।

सनिबार भएको कार्यक्रममा पार्टीलाइ छोटो समयमा गरिएको जनबिश्वासबाट परिवर्तनको घण्टी बजाउन तम्तयार रहनुभएका उपस्थित सबैलाई आफ्ना मन्तव्य सहित जिल्ला उपसभापति बिक्रम थापाले स्वागत गर्नुभएको थियो।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी बक्ता गोपाल घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी मा आवद्ध कपिलवस्तुका नेता कार्यकर्ता र सुभेच्छुक को उर्जाले आफू अत्यन्तै उत्साहित रहेको र आगामी निर्वाचनपछि वैकल्पिक शक्ति मात्र नभएर मूलधारको राजनीति बाट परिवर्तनको दिसानिर्देस गर्न कपिलवस्तुका तीन वटै निर्वाचन क्षेत्र सहित देस ब्यापी रुपमा सांगठनिक संरचना मजबुत बनाउन सबै तहमा यस्तै सक्रियता आवश्यक रहेको कुरा बताउनुभएको छ।साथै यथास्थितिवादीहरुले सदैब आफ्नै जीवन सुकिला मुकिला बनाउन जनतालाई भर्र्याङ् बनाइरहेकाले अब सबै जनता सचेत भइ बेथिति बिसंग्गतिको जालो च्यातेर सुसासन र समृद्धिले समाज रुपान्तरण गर्न सबै परिवर्तनकारिहरु अबिचलित हुनुपर्ने कुरामा जोड दिनुपर्ने आफ्नो मन्तव्यमा जनाउनुभएको छ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश प्रबक्ता कमल पोख्रेल , कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदी कपिलवस्तु जिल्ला सल्लाहकार रिखिराम अर्याल ,चिरञ्जीवी आचार्य ,भिम प्रसाद पौडेल कपिलदुत संचार गृहका प्रधान सम्पादक गिरिराज घिमिरे लगायत सबै बक्ताले सबै वडा सहित यो वडामा आजको जनलहरले परिवर्तनको सबैको यस्तै उत्साहजनक सहयोगले कपिलवस्तु का तीन वटै निर्वाचन क्षेत्र घन्टिमय बनाउनेमा लाग्न अनुरोध गर्दै आगामि परिणाम अप्रत्याशित बन्नेमा आफूहरु बिस्वस्त रहेको कुरा ब्यक्त गर्नुभएको थियो।

सोही कार्यक्रम मा पुर्व वडा अध्यक्ष कमलेस प्रसाद सहित युवा देखि जेष्ठ नागरिक सम्मका ७३ जनाले यथास्थितिवादको जरो गोड्नुपर्छ भन्दै रास्वपाको सदस्यता सहित सुसासन सहित परिवर्तनको यात्रामा ब्याज र टीका सहित आबद्दता जनाउनुभएको छ।

आज भएको भेलाले कपिलवस्तु १० को वडा सभापति मा : श्री बृजभार थारु,उप सभापति:श्री कृष्णमणि शुक्ला ,सचिव: श्री महेश पौडेल सदस्य श्रीअरूणा पौडेल,सदस्य : श्रीओम् प्रकाश गिरी,सदस्य: श्री सुन्तला पन्थी,सदस्य: श्री नाथु थारु ,सदस्य: श्री कुञ्ज बिहारी थारु,सदस्य : श्री विष्णु कला पौडेल,सदस्य: श्री अरुण चौहान सहितको जुझारु समिति भेलाले निर्वाचित गरेको छ।साथै हिरा भट्टराई को संयोजकत्वमा १७ सदस्यीय सल्लाहकार समिति र बिस्णु बहादुर जि सि को संयोजकत्वमा १५ सदस्यीय RAT समिति समेत गठन गरिएको छ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का सभापति हेमन्त श्रेष्ठ सचिब लक्ष्मण कंडेल,सदस्य पुस्पा भुसाल क्षेत्र नम्बर २ का सभापति माधब पराजुली ,सदस्य अखिलेश्वर दुवे,कपिलवस्तु नगरपालिका का सभापति रामु रेग्मी, बाणगङ्गा ४ का सभापति याम बहादुर के सि,वडा नम्बर ११ का सभापति नारायण खनाल,२ का सदस्य श्रीराम बस्याल सहित कपिलवस्तु नगरपालिका वडा नम्बर १० का आम सदस्य सहित उल्लेख्य सुभेच्छुक सहितको भब्य कार्यक्रमको संचालन बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासेको सन्चालनमा सम्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *