कपिलवस्तु महोत्सवको चौथो दिन आज ‘मत ढलेढले’ गितकि गायिका सहितका कलाकार आउदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

१५औं कपिलवस्तु महोत्सवको चौथो दिन आज ‘मत ढलेढले’ गित गाएर चर्चित बनेकी लोकदोहोरी गायिका शान्तरानी  परियार आउने भएकी छिन् । शनिबार गायिका परियारसंगै टंक तिमिल्सिना, विधान कार्की लगायतका कलाकार आउने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनले जानकारी दिए ।

शुक्रबार चर्चिक लोक तथा आधुनिक गायिका समिक्षा अधिकारी, विक्रमबाबु विक, विष्णु ठट्राई, श्याम बोहोरा लगायतका स्थानीय कलाकारहरुले प्रस्तुति राखेका थिए ।

यस्तै शुत्रबार १३औं कपिलवस्तु डान्स आईडलका १५ जना प्रतिस्पर्धीहरुले आआफ्नो प्रस्तुति राखेका छन् । शनिबार ति १५ जना प्रतिस्पर्धीहरुमध्ये एक जना बाहिरिने जनाईएको छ ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *