कपिलवस्तुको शिवराज नगरपालिकाद्धारा १२ हजार सयपत्री फूलका बिरुवा वितरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । शिवराज नगरपालिकाले १२ हजार सयपत्री फूलका बिरुवा वितरण गरेको छ।

शिवराज नगरपालिकाले पलास्टिकका माला बिक्रि बितरणमा पुर्ण निषेध गरेको छ ।

बातावरणीय न्यायका लागि पलाष्टिक जन्य बस्तुको प्रयोगलाई कम गर्दै अन्तमा पुर्ण निषेध गर्ने नगर प्रमुख अजय थापाले बताउनुभएको छ ।

नगरपालिकाले शिवराजमा व्यावसायिक फूलखेती गर्दै आएका व्यावसायिक किसान तथा नगरवासीहरूलाई सयपत्री फूलका बिरुवा वितरण गरेको हो।

नेपालीहरूको महान पर्व दशैं तिहार तथा अन्य कुनै पनि समयमा प्लास्टिकका मालाहरूलाई रोक लगाउन बिरुवा निःशुल्क वितरण गरेको हो ।

व्यावसायिक किसानहरूलाई १,००० देखि १,८०० सम्म बिरुवा वितरण गरेको शिवराज नगरपालिकाका कृषि विकास शाखा प्रमुख ताराचन चौधरीले बताउनुभयो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *