कपिलवस्तुको बाणगंगा बाट १९ वर्ष १० महिनापछि एक प्रतिवादी पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बाट फरार एक प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा फरार रहेका होमनाथ पौडेललाई १९ वर्ष १० महिनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको ।

२०६१ साल असार २९ गते रातको समयमा साविक गजेहडा गाविस वडा नं.७ हाल बाणगंगा नगरपालिका वडा नं.४ डुगा स्थित आफ्नै घरमा आफु सुत्ने कोठा भित्र २२ बर्षीय दुर्गा पौडेल मृत अवस्थामा फेला परेका थिईन् । सोही मुद्दामा वारदात पश्चात फरार रहेका पौडेल गैडाकोट नगरपालिका ५ बाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पिपराले अदालतबाट दिन ५ को म्याद थप भएको जनाएको छ । पौडेललाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *