कपिलवस्तुको बाणगंगा बाट हातहतियार र मृगको मासुसहित चार जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बाट विभिन्न हातहतियार र जङ्गली जनावर मृग जस्तो देखिने जनावरको मासु सहित चार जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय पिपरा बाट खटिएको प्रहरी टोलिले विशेष सुचनाको आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डि.एस.पि. हरि बहादुर ओलीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका १ जितपुर बस्ने ७३ वर्षीय धन बहादुर सेन, बाणगंगाकै बुङची बस्ने असिम खाण, बाणगंगा नगरपालिका–२ का ४१ वर्षीय दुर्गा बहादुर शाही र रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ मिलनचोक बस्ने ५४ वर्षीय चित्र मल्ल रहेका इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले जनहित सङ्ग बताउनुभयो ।

बुङ्चीमा अवस्थित असिम खाणको घर बाट करिब ३० किलो उक्त जनावरको मासु सहित आइतबार राति पक्राउ गरिएको हो । मासु काटि भाग लगाउँदै गरेको अवस्थामा उनीहरुको साथ बाट बा.१३ च ८१८४ नम्बरको कार, लु.५१ प ५२६१ नम्बरको मोटरसाइकल र १६ राउण्ड टोटा समेत प्रहरीले बरामद गरेको छ । त्यस्तै थप अनुसन्धानको क्रममा धन बहादुर सेनको घर तलासी गर्दा कोठाभित्र लुकाइछिपाई राखेको बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुवै बन्दुकमा लाग्ने टोटा २० थान, २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली ३ थान समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरी र वन कार्यालयले थप अनुसन्धान गरिरहेको पिपरा प्रहरी प्रमुख रायमाझीले बताउनुभाये ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *